दमाैली । व्यास नगरपालिका–४ स्थित दमौली खानेपानीको मुख्य पानी तान्ने सम्पवेलमा ढुङ्गा खसेर ट्रान्सफर्मरमुनिको टिओडी मिटर र जेनेरेटरमा क्षति पुग्दा अवरुद्ध भएको पानी वितरण कार्य बिहीबार बिहानदेखि सुचारु हुने भएको छ ।
मङ्गलबारदेखि बजार क्षेत्रमा अवरुद्ध भएको पानी वितरण बिहीबारदेखि सुचारु हुने दमौली खानेपानी तथा सरसफाई संस्थाले जनाएको छ । अस्थायी रुपमा विद्युतीय लाइन मर्मत गरी पानी तान्ने कार्य सुचारु भएको संस्थाले जानकारी दिएको छ ।
संस्थाले व्यास नगरपालिका-२, ३ र ४ मा पानी वितरण गर्दै आएकाे छ ।