दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनमा लेखिएका सायरी हटाउने अभियान सुरु भएको छ । कानुन विपरति समाजमा विकृति ल्याउने गरी सवारी साधनहरुमा लेखिएका कविता, गजल, सायरी एवं दुई अर्थ लाग्ने भनाईहरु हटाउन सुरु गरिएको हो ।
तीन सय भन्दा बढी सवारी साधनमा लेखिएका सायरी हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कानुन विपरित लेखिएका सायरी, कविता, गजल एवं दुई अर्थ लाग्ने भनाईहरुको प्रचार प्रसार सामाग्रीले गर्दा अन्य सवारी चालकहरुको ध्यान केन्द्रित भई सवारी दुर्घटनाहरु हुने गरेकाले यो अभियान सञ्चालन गरिएको प्रहरीको भनाई छ।