भानुभक्तको जन्मस्थलमा भानु जयन्ती मनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुभक्तको जन्मस्थलमा भानु जयन्ती मनाइँदै

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७९, बुधबार

    दमौली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको दुई सय नवौं जन्मजयन्ती उहाँको जन्मगाउँ भानु नगरपालिका–४ चुँदीरम्घामा आज मनाइँदैछ । आचार्यको जन्मजयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आज चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरेको छ ।

    भानु जयन्तीका अवसरमा आज प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम राखिएको विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । असार २७ गतेदेखि तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाइँदैछ ।

    भानु जयन्तीका अवसरमा आयोजित राष्ट्रिय स्तरको कविता प्रतियोगिताका विजेतालाई आज पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम भएका छन्।

    त्यस्तै पर्वतका तारानाथ पराजुली द्वितीय, पर्वतकै लक्ष्मीदेव गौडेल तृतीय, अछामका मिनप्रसाद पाण्डे र मोरङका केशव भण्डारी सान्त्वना भएका छन् ।

    प्रतियोगितामा विभिन्न जिल्लाका १५ कविहरुको सहभागिता रहेको थियो । ३५ जिल्लाबाट एक सय १२ कविता प्राप्त भएकामा प्रतियोगिताका लागि १५ कविता छनौट गरिएको थियो ।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु दश हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार प्रदान गरिने जनाइएको छ ।

    भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

    विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

    भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिएका थिए ।