खेलकुदमा महिला सहभागिता अभिवृद्धिका लागि प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेलकुदमा महिला सहभागिता अभिवृद्धिका लागि प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७९, बुधबार

    दमाैली । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद विकास समिति तनहुँको व्यवस्थापनमा जिल्लाका विभिन्न विद्यालयका छात्राहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । खेलकुद प्रतियोगितामा छात्राहरुको सहभागिता अभिवृद्धि गराउने उद्देश्य सहित विभिन्न विद्यालयका छात्राहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

    सोमबारदेखि सञ्चालित तालिम बुधबार समापन भएको छ । तालिममा ९० भन्दा बढी छात्राहरुको सहभागिता रहेको थियो ।

    तालिमको समापन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले खेलकुदमा छात्राहरुको सहभागिता कम हुने गरेकाले बढी भन्दा बढी सहभागिता गराउनका लागि आत्मसुरक्षा विकास गर्ने उद्देश्य सहित प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो ।

    प्रशिक्षणले खेलमा सहभागी हुने उत्प्रेरणा जाग्ने विश्वास व्यक्त गर्दै पाण्डेले खेलकुद कार्यक्रममा सहभागी भएर विद्यालय, पालिका र जिल्लाको नाम राख्न सुझाव दिनुभयो ।

    प्रशिक्षणमा छात्राहरुलाई वस्तुगत र प्रयोगात्मक विधिबाट अभिमुखीकरण गरिएको थियो । प्रमुख प्रशिक्षक राजु पौडेल, सहायक प्रशिक्षक सुनिता पौडेल, कराँते प्रशिक्षक मनिराज मगर, भलिबल प्रशिक्षक पदम सुनार, कराँते प्रशिक्षक कमलकुमार थापा लगायतले छात्राहरुलाई प्रशिक्षण प्रदान गरेको खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डितले जानकारी दिनुभयो ।