दमौली । नेपाल बार एसोशिएसन तनहुँका पूर्व अध्यक्ष परशुराम गिरीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदातलको बुधबार बसेको पूर्ण बैठकले गिरीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
दमौली निवासी गिरी नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति समेत हुन् ।
यसैगरी तनहुँका बासुदेव सिग्देल, विश्वप्रकाश सिग्देल र मोतीराज गौतमले पनि वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।