विकासको कामलाई तीव्रता दिन्छौ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विकासको कामलाई तीव्रता दिन्छौ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७९, बुधबार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडी बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लवको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको बुधबार आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले देशले निकास पाएकाले अब विकासको कामले पनि तीव्रता पाउने उल्लेख गरे ।

    संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पु¥याउने बताए । “संविधानको पालना गर्नुपर्दा रोकिएका विकासको काममा ध्यान दिन सकेका थिएनौ, अब तनहुँमा विकासले काँचुली फेर्छ,” पौडेलले भने ।

    वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन कायमै रहने बताए। स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताए । “गठबन्धन अहिलेको आवश्यकता हो, यसमा तलमाथि हुँदैन,” पौडेलले भने ।

    पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताए। “जसरी मक्का मदिना आज मुस्लिम समुदायको आकर्षणको केन्द्र बनेको छ, भानु जन्मस्थललाई पनि धार्मिक साहित्यको केन्द्र बनाउनेतर्फ लागिपरेका छौ,” पौडेलले भने ।