दमाैली अस्पताल लगिएका थुनुवाले भाग्ने प्रयास गरेपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैली अस्पताल लगिएका थुनुवाले भाग्ने प्रयास गरेपछि…

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७९, मंगलवार

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेको एक थुनुवा अस्पताल लैजाने क्रममा भाग्ने प्रयास गरेका छन् । चोरी मुद्धामा पक्राउ परेका भानु नगरपालिका–१ नयाँबस्तीका २० वर्षीय सुजन परियारले मङ्गलबार दमौली अस्पताल लैजाने क्रममा भाग्ने प्रयास गरेका हुन् ।

    सन्चो नभएको भन्दै अस्पताल लगिएका उनी अस्पताल पु¥याउने क्रममा भागेका हुन् । उनलाई केही बेरमै व्यास नगरपालिका–३ स्थित शिवपञ्चायन मन्दिर नजिकबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। “अस्वस्थ भएको भन्दै अस्पताल लैजाने क्रममा भाग्ने कोशिस गरेका हुन्, नियन्त्रणमा लिइसकेका छौ,” प्रनाउ खड्काले भने ।

    परियारलाई व्यास नगरपालिका–२ गणेशमानचोकस्थित लोकप्रिय स्वास्थ्य क्लिनिक चोरी गर्दै गरेको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनले सोही स्वास्थ्य क्लिनिकबाट असार ३२ गते रु एक लाख ३५ हजार नगद चोरी गरेका थिए ।