माओवादी एक्लै चुनाव लडे कांग्रेसको बहुमत आउँछ, तर माओवादी एक्लै चुनाव लड्दैन : प्रदीप पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादी एक्लै चुनाव लडे कांग्रेसको बहुमत आउँछ, तर माओवादी एक्लै चुनाव लड्दैन : प्रदीप पौडेल

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७९, शनिबार

    दमाैली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले माओवादी एक्लै चुनाव लडे कांग्रेसको बहुमत आउने बताएका छन् । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले त्रिपक्षीय भिडन्त हुँदा कांग्रेसले बहुमत ल्याउने बताए । तर माओवादीले एक्लै चुनाव नलड्ने पौडेलले बताए ।

    “माओवादी एक्लै चुनाव लड्दैन, माओवादी अर्को शक्तिसँग मिलेर लड्छ,” उनले भने, “त्यही कारण पनि कांग्रेसले गठबन्धन गर्नुपरेको छ ।” स्थानीय तह निर्वाचनमा पनि ४३ प्रतिशत ठाउँ मात्रै गठबन्धन भएको पौडेलले बताए । उनले सत्तामा पुगेर लोकप्रिय काम गर्नुपर्ने भन्दै त्यसो गर्न नसकिए सत्तामा गएको अर्थ नरहने बताए ।