मासु विक्री केन्द्रमा वल्डलिंकको फ्रि वाइफाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मासु विक्री केन्द्रमा वल्डलिंकको फ्रि वाइफाइ

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७९, आईतवार

    दमाैली । वल्डलिंक दमौली शाखाले व्यास नगरपालिका–३ स्थित मासु विक्री केन्द्रमा फ्रि वाइफाइ सञ्चालनमा ल्याएको छ । वल्डलिंकले बैंक अफ काठमाडौसँगको सहकार्यमा मासु पसलभित्र फ्रि वाइफाइ सञ्चालनमा ल्याएको हो ।

    दुई हप्ता अगाडीबाट फ्रि वाइफाइ सुविधा सञ्चालनमा ल्याइएकाे दमाैली शाखा प्रबन्धक हरि रेग्मीले जानकारी दिए ।

    सार्वजनिक स्थानहरुलाई वाइफाइ जोन बनाउने उद्देश्य सहित वल्डलिंकले फ्रि वाइफाइ सुविधा दिइरहेको जनाएको छ ।