भानुमा दुई मतदान केन्द्र थप गर्न सर्वदलीय बैठकको सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा दुई मतदान केन्द्र थप गर्न सर्वदलीय बैठकको सिफारिस

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७९, मंगलवार

    दमौली । भानु नगरपालिकामा दुई वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा मंगलबार बसेको सर्वदलीय बैठकले दुई वटा केन्द्र थपका लागि मतदान स्थल निर्धारण समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    भानु नगरपालिका-३ तुरतुरेस्थित जनजागृति मावि र भानु नगरपालिका-४ खातीथोकस्थित शान्ति आधारभूत विद्यालयमा केन्द्र थपका लागि सिफारिस गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले जानकारी दिइन् ।

    बैठकले नगरपालिकाभित्रका सबै मतदान केन्द्र भने यथावत राख्ने निर्णय गरेको छ ।

    बैठकमा नेकपा एमाले भानु नगर सचिव देवबहादुर भुजेल, नेपाली कांग्रेस नगर सभापति रामकुमार श्रेष्ठ, नेकपा माओवादी नगर इन्चार्ज दिपक पन्त, नेकपा एसका अध्यक्ष ऋषिराम पन्त लगायतको सहभागिता थियो ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।