दमौली । तनहुँको भानु नगरपालिकाले काम सम्पन्न नहुँदै भुक्तानी दिएको खुलेको छ । दुई वटा योजनाको काम सम्पन्न नहुँदै नगरपालिकाले भुक्तानी दिएको खुलेको हो ।
आर्थिक वर्ष ०७७/७८ मा कुलो र बाटो निर्माण गर्दा काम सम्पन्न नहुँदै भुक्तानी भएपछि बेरुजु देखिएको छ । नगरपालिकाले कुलो निर्माणका लागि ५ लाख र बाटो निर्माणका लागि १ लाख ९० हजार भुक्तानी दिएको थियो ।
चितीखोला भट्टाफॉट कुलो निर्माण उपभोक्ता समितिले कुलो र अमरसिं थापा प्रतिष्ठानले बाटोको काम गरेको थियो ।
यी दुई योजना प्राविधिक लागत अनुमान तयारी नगरी कार्य सरु भएको र अन्तिम भुक्तानीको खर्च लेख्दा मूल्यांकन, नापी र कार्यसम्पन्न प्रतिवेदन उल्लेख भएको छैन ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।