दमौली । तनहुँमा पावरलिफ्टिङ संघ गठन भएको छ । बिहीबार दमौलीमा सम्पन्न भेलाले पावरलिफ्टिङ संघ गठन गरेको हो ।
संघको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् । उनी दि बुल्स जिमका सञ्चालक हुन्।
संघको उपाध्यक्षमा राधेश्याम मकाजु, श्रीकृष्ण बिजुक्छे, सचिवमा अरविन्द थापा, कोषाध्यक्षमा मन्ना श्रेष्ठ बिजुक्छे चयन भएका छन् ।
सदस्यहरुमा महेश श्रेष्ठ, पदम गुरुङ, अनिल अधिकारी, लक्ष्मी राना मगर दरै, कमल दरै, रुद्र दुलाल, हरि श्रेष्ठ र मुन मगर चयन भएका छन् ।