एक पद : एक व्यक्तिको नारा लगाउने माधव नेपाल आफै दुई पद लिएर बसेका छन् : महासचिव पोख्रेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक पद : एक व्यक्तिको नारा लगाउने माधव नेपाल आफै दुई पद लिएर बसेका छन् : महासचिव पोख्रेल

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७९, शुक्रबार

    दमौली । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा हुँदा एक पद : एक व्यक्तिको नारा लगाउने माधव नेपाल नै अहिले दुई पद लिएर बसेको बताएका छन् । नेकपा एमाले तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै पदको लोभले माधव नेपाल र प्रचण्डले पार्टी विभाजन गराएको आरोप लगाए ।

    ‘माधव कमरेडले एउटा पद छाडे भयो त, अध्यक्ष र संसदीय दलको नेता किन आफै भएको?’ उनले भने । पोख्रेलले प्रचण्डको सुनियोजित चालका कारण नेकपा विभाजित भएको बताए । वास्तविक नेकपा एमालेमात्र भएको बताउँदै उनले भने, ‘प्रचण्डको पार्टी माओवादी मात्र देखिन्छ, माधव नेपालको पार्टी पूर्व एमाले मात्र देखिन्छ । एमालेमा माओवादी पनि छन्, नेकपा देखिने एमाले मात्रै हो ।’

    कार्यक्रममा एमाले सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले बोलेका थिए ।