सामाजिक अगुवा बस्नेतको निधनप्रति पौडेलद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक अगुवा बस्नेतको निधनप्रति पौडेलद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७९, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक अगुवा भीमबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । व्यास नगरपालिका–१ रत्यौली निवासी एक सय वर्षीय बस्नेतको निधनप्रति वरिष्ठ नेता पौडेलले दुःख व्यक्त गरेका हुन् ।

    पौडेलले आइतबार शोकवक्तव्य जारी गरी बस्नेतको निधनले एक कुशल सामाजिक एवं राजनीतिज्ञ गुमाउनुपरेको उल्लेख गरेका छन् । पौडेलले समस्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    बस्नेतको शनिबार राति निवासमै निधन भएको हो । स्व. बस्नेतको आइतबार दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । बस्नेतको पार्थीव शरीरमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।