भिमाद नगरपालिकाको ६६ करोडको पारित बजेट सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    भिमाद नगरपालिकाको ६६ करोडको पारित बजेट सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७९, आईतवार

    भीमाद । भीमाद नगरपालिकाले आर्थिक वर्ष ०७९।०८० का लागि पारित गरेको बजेट आइतबार सार्वजनिक गरेको छ । तनहुँ क्षेत्र नम्बर २ का संघीय सांसद केदार सिग्देलले उक्त बजेटको पुस्तिका सार्वजनिक गरेका हुन् ।

    नगरपालिकाले ६६ करोडको बजेट पारित गरेको छ। आर्थिक विकास, समाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा बजेट विनियोजन गरिएको नगर प्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

    आर्थिक विकास क्षेत्र अन्र्तगत कृषि क्षेत्रमा ९३ लाख, पशुपन्छी विकासमा ५८ लाख र उद्योगमा रु ३५ लाख गरि कुल १ करोड ८६ लाख बजेट विनियोजन भएको छ । यस्तै सामाजिक विकास क्ष्बेत्र अन्तरगत शिक्षा क्षेत्रमा २१ करोड ६४ लाख, स्वास्थ्यमा ३ करोड ४६ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा १३ लाख ४ हजार, युवा तथा खेलकुदमा १ लाख र खानेपानी तथा सरसफाईमा १ करोड ४७ लाख करि कुल २६ करोढ ७१ लाख ४ हजार विनियोजन भएको छ ।

    पूर्वधार तर्फ यातायात पूर्वाधारमा १ करोड ३० लाख, भवन आवास तथा शहरी विकासमा १ करोढ २ लाख र उर्जामा ८ लाख गरि कुल २ करोड ४० लाख विनियोजन भएको छ। सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा प्रशासकीय सुशासनमा ३ लाख, श्रम तथा रोजगारीमा ७६ लाख र तथयांक प्रणालीका लागि ९६ हजार गरि कुल ७९ लाख ९६ हजार विनियोजन भएको छ ।

    कार्यक्रममा संघीय सांसद केदार सिग्देलले बजेट कार्यान्वयनको पाटो महत्वपूर्ण भएको हुँदा इमानदारिताका साथ काम गर्न आग्रह गरे । भीमाद नगरपालिकामा संघीय र प्रदेश सरकारबाच पनि उल्लेख्य बजेट विनियोजन भएको हुँदा त्यसको पूर्णताले यस क्षेत्रको नै मुहार फेरिने सिग्देलको भनाई थियो ।

    कार्यक्रममा संविधान सभा सदस्य टुकराज सिग्देल, भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, निवर्तमान प्रमुख मेखबहादुर थापा, नेपाली कांग्रेसकी सभापति जीत प्रकाश आले, नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष ईमानसिंह थापाले बजेटमाथि धारणा राखेका थिए।