‘राजनीतिलाई शुद्धिकरण गर्न अभियान चलाउँछौ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘राजनीतिलाई शुद्धिकरण गर्न अभियान चलाउँछौ’

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७९, बुधबार

    दमाैली । नेपाली कांग्रेसबाट राजिनामा दिएका नेताहरुले पार्टी सीमित व्यक्तिको कब्जामा गएकाले राजनीतिलाई शुद्धिकरण गर्न अभियान चलाउने बताएका छन् । कांग्रेसबाट राजिनामा दिएर स्वतन्त्र बसेका नेताहरुले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर सीमित व्यक्तिको कब्जामा गएकाले राजनीतिलाई शुद्धिकरण गर्न अभियान चलाउने बताएका हुन् ।

    बुधबार म्याग्देको अकलामा भएको भेलामा सहभागीहरुले भ्रष्टाचार, बेथिती, परिवारवाद र कुसंस्कार विरुद्धको अभियान सञ्चालन गर्नेमा जोड दिएका छन् । भेलामा सहभागी राजु दाहालले कुनै पार्टी खोल्ने र कुनै पार्टीमा समाहित हुने भन्दा पनि शुद्धिकरण अभियान सञ्चालनका लागि छलफल गरिएको जानकारी दिए ।

    ‘आफूलाई पद प्राप्त भएपछि विरोध गरिरहेको मान्छेको पनि समर्थन गर्ने जमात बढ्यो, झुटको खेती बढ्यो,’ उनले भने, ‘अब कसरी अगाडी बढ्ने भन्ने विषयमा रणनीति बनाउन छलफल गरेका हौ ।’

    भेलामा याे समूहबाट आगामी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने विषयमा समेत छलफल भएकाे बुझिएकाे छ ।

    भेलामा संविधानसभा सदस्य झुलबहादुर आले, नेपाली कांग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोला, कांग्रेस पूर्व महाधिवेशन प्रतिनिधि महेश्वर भट्टराई, ऋषिङ गाउँपालिकाका अध्यक्ष उम्मेदवार श्रीराम आले लगायत सहभागी थिए ।