दमौली । सरकारले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन स्थगित भएको छ । बिहीबारसम्म मतदाता नामावली संकलन गरिएकामा शुक्रबारदेखि उक्त कार्य स्थगित भएको छ ।
स्थानीय तह निर्वाचन सकिएपछि मतदाता नामावली कार्य पुन: सुचारु भएको थियो ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुट्ने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।