लायन्स क्लब अफ काठमाडौ रेडियान्सद्वारा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लब अफ काठमाडौ रेडियान्सद्वारा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७९, शनिबार

    भानु । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भानु सामुदायिक विकास सहकारी संस्था लिमिटेडको प्राङ्गणमा लायन्स क्लब अफ काठमाडौँ रेडियान्सले वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

    सोही क्लबका सदस्य डा विवेक रेग्मीको संयोजकत्वमा भानु-२ ठूलोबगैचामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

    एक सयभन्दा बढी मेडिकल डाक्टरहरु ( एमबिबिएस र विशेषज्ञ सहित ) रहेको यस क्लबले विगत एक वर्षदेखि विभिन्न क्षेत्रमा परोपकारी क्रियाकलाप गर्दै आएको छ।  

    कार्यक्रममा श्रद्धालु भक्तजन तथा अन्य सर्वसाधारणको निशुल्क स्वास्थ्य परीक्षण र मधुमेह जॉज गरी आवश्यक परामर्शका साथै निशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा  ८३  जना व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको डा. रेग्मीले जानकारी दिए ।

    कार्यक्रमलाई  सफल  बनाउनका लागि भानु नगरपालिकाद्वारा आवश्यक औषधि तथा आकस्मिक रुपमा नगर अस्पताल प्रेषण गर्नुपर्ने बिरामीलाई भानु-२ द्वारा निशुल्क एम्बुलेन्सको व्यबस्था गरिएको थियो ।

    शिविरमा प्राविधिक तर्फ क्लवका सदस्य तथा पुरनडिही नगर अस्पतालका निमित्त मेसु डा विवेक रेग्मी, पुरनडिही नगर अस्पतालका प्यारामेडिक्सममता सिलवाल र प्रतिभा रानाभाट तथा आधारभूत स्वास्थ्य केन्द्रभानु -२ का प्यारामेडिक्स निर्मला अधिकारी विष्ट र सामुदायिकस्वास्थ्य केन्द्र भानुका प्यारामेडिक्स अस्मिता अधिकारीको समूहले सेवा दिएको थियो ।

    क्लबका वर्तमान अध्यक्ष डा. महेश कुमार गौतमले आगामी दिनमा लायन्सहरुको भूमिका बढ्ने तथा यस्ता कार्यक्रमले लायन्स क्लब अफ काठमाडौं रेडियान्सको गरिमा बढाएको बताए । क्लवका सदस्य डा. विवेक रेग्मीले यस कार्यक्रममा साथ दिने र हौसला प्रदान गर्ने अग्रज डा. तेजु सिंह मल्ल, डा. महेश कुमार गौतम, डा. शिव शाह, डा. मनिष थापा तथा यस क्लबका सम्पूर्ण सदस्य, भानु सामुदायिक विकास सहकारी संस्था लिमिटेड, भानुनगरपालिका तथा सम्पूर्ण स्वयमसेवकलाई धन्यवाद ज्ञापन गरे ।