विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीति : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीति : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७९, शनिबार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताएका छन्। तनहुँको भानु नगरपालिकाका विभिन्न ठाउँमा शनिबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा बिजुली, पानी, मोटरबाटो पुगेपनि आम्दानी नपुगेकाले त्यसलाई पूरा गर्न आफू क्रियाशील रहेको उल्लेख गरे।

    गाउँमा सबै सुविधा पुगेपनि रोजगारी र आम्दानी नपुगेकाले अबको ध्यान त्यसतर्फ केन्द्रित रहने उनकाे भर्ना थियो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवाहरुलाई विदेशिन नपर्ने, नेपालमै रोजगारीको सिर्जना गर्ने सपना पूरा गराएरै छाड्ने पौडेलको दावी गरे ।

    उनले भने “देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचारको जालो तोड्न छ । साउदी अरबको खाडीमा युवा भौतारिन पर्ने बाध्यताको अन्त्य गर्नु आवश्यक छ ।” नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउनका लागि आफू केन्द्रित रहेको बताउँदै त्यसैका कारण जिल्ला आउन नभ्याएको पौडेलले बताए ।

    भानुभक्तको जन्मस्थलाई भानु साहित्य उत्थान बनाएर नेपालको मात्रै नभई विश्वभरी रहेका नेपालीहरु, नेपाली भाषा पढ्नेहरुले जीवनमा एक पटक आउनै पर्ने ठाउँ बनाइने बताए ।
    कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल विद्यार्थी सङ्घका निर्बतमान महामन्त्री दीपक भट्टराई, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ सभापति श्याम मौरती लगायतले बाेलेका थिए ।