‘जनताको साथमा कांग्रेस’ अभियानका लागि तनहुँमा पाण्डे खटिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि तनहुँमा पाण्डे खटिए

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७९, सोमबार

    दमाैली । नेपाली कांग्रेसले निर्वाचन केन्द्रित सञ्चालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि तनहुँमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे खटिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पाण्डेलाई तनहुँको प्रतिनिधिको जिम्मा दिएको हो ।

    भदौ १० गतेदेखि २४ गतेसम्म यो अभियान सञ्चालन हुनेछ । पार्टीको विजय अभियान सफल बनाउन पाण्डेलाई तनहुँमा केन्द्रीय प्रतिनिधिको जिम्मा दिइएको हो ।

    मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने, जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने र निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य रहेको जनाइएको छ ।