म्याग्दे । उमाचोक अर्गानिक कृषि सहकारीको आयोजना तथा म्याग्दे गाउँपालिका वडा नम्बर २ र चिल्ड्रेन नेपालको सहयोगमा अर्गानिक कृषि प्रबर्द्धन तथा वातावरण संरक्षण विषयमा शनिबार तीज गीत प्रतियाेगिता सम्पन्न भएका छ ।
दश वटा समूहकाे सहभागिता रहेकाे प्रतियोगितामा गणेश आमा समूह बेलटारले प्रथम स्थान प्राप्त गरेको छ । पसले आधारभूत विद्यालय दाेस्राे भएकाे प्रतियाेगितामा महिला जागरण आमा समूह तृतीय भएकाे छ । त्यस्तै खराडिही आमा समूह र सिम्ले आमा समूह सान्त्वना भएका छन् ।
विजेतालाई क्रमश: ५ हजार, ४ हजार, ३ हजार र एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएकाे छ ।
प्रतियोगितामा निर्णायक मण्डलको भुमिकामा प्रतिज्ञा देवकोटा,अमृत गन्धर्व र शारदा काफ्ले रहेका थिए ।
सहकारीका अध्यक्ष लक्ष्मण सिन्जाली मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले केही वर्ष अघि तरकारी किनेर लैजाने स्थानीयले अहिले गाउँमा अर्गानिक उत्पादन गरेर वेशीमा विक्री गर्न ल्याउनु सराहनीय रहेकाे बताए ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले गुन्जरामा चिल्ड्रेन नेपालले अर्गानिक कृषिमा प्रोत्साहन दिएर कार्यक्रम गरेकामा संस्थाको प्रसंशा गर्दै आगामी दिनमा गाउँपालिका सहकार्य गर्दै काम गर्न प्रतिबद्ध रहेको बताए ।
चिल्ड्रेन नेपालका अध्यक्ष शान्त पौडेलले तीजकाे अवसरमा आयाेजित कार्यक्रमले कृषि पेशामा लाग्ने किसानलाई थप उर्जा दिएकाे बताइन् । कार्यक्रममा चिल्ड्रेन नेपालका निमित्त कार्यकारी निर्देशक शिव शर्मा चापागाईं, वडा नम्बर २ का अध्यक्ष शिव बहादुर क्षेत्री, ३ का अध्यक्ष टुकराज अधिकारी, सदस्य रमेश अधिकारी, कार्यपालिका सदस्य बद्रीका घिमिरे लगायतले बाेलेका थिए ।