दमाैली । मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली काङ्ग्रेस तनहुँभित्र आकाङ्क्षीको लर्को लागेको छ । पार्टीमा आन्तरिक आवेदन खुल्ला गरिएको पहिलो दिन आइतबार तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराइएको छ ।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा प्रत्यक्षमा केन्द्रीय सदस्य गोविन्द भट्टराईको उम्मेदवारी दर्ता भएको छ । समानुपातिकतर्फ दलितमा यमुना खड्का विकले उम्मेदवारी दर्ता गराएकी छन् ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ) र सरिता गुरुङको उम्मेदवारी परेको छ ।
समानुपातिकतर्फ कल्पना पोख्रेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेलको उम्मेदवारी परेको छ ।
प्रदेश (ख) तर्फ प्रत्यक्षमा भने कसैले पनि उम्मेदवारी दिएका छैनन् । समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ र पवित्रा गौलीको उम्मेदवारी परेको छ ।