कर्मचारी बोकेको बस गुणादीमा दुर्घटना : दश घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कर्मचारी बोकेको बस गुणादीमा दुर्घटना : दश घाइते

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७९, सोमबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ४०२३ नम्बरको बस दुर्घटना हुँदा दश जना घाइते भएका हुन् ।

    ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । घाइतेहरुलाई उपचारका लागि दमौलीस्थित रत्नहरि अस्पताल पठाइएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।

    उक्त बस दमौलीबाट कर्मचारी लिएर पोखरा जाँदै थियो । दमौलीस्थित विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु पोखराबाटै आवतजावत गर्ने गर्दथे ।