दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निशुल्क गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९/८० नीति तथा कार्यक्रम अनुसार घर तथा भवनको प्रस्तावित नक्सा निशुल्क गर्ने घोषणा गरेको हो ।
नक्सा पास तथा भवनको मापदण्डमा रही असोज १ देखि दर्ता भएका नयॉ बन्ने घर तथा भवनको हकमा लागु हुने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
तीन तल्लासम्मको लागि गाउँपालिकाले नै नक्सा बनाइदिने उनले बताए । नक्सा पासका लागि लाग्ने राजस्व भने तिर्नुपर्नेछ ।
भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग वर्गका भवनहरु) भुइँ तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागु हुने गाउँपालिकाले जनाएको छ ।
नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुमा यो सेवा सुविधा लागु नहुने जनाइएको छ ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।