तनहुँको एक संघ र दुई प्रदेशमा माओवादीको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको एक संघ र दुई प्रदेशमा माओवादीको दावी

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७९, बुधबार

    दमाैली । नेकपा माओवादी केन्द्रले तनहुँको एक संघ र दुई प्रदेशमा दावी गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले केन्द्र र प्रदेशमा गरी ५० प्रतिशत हिस्सा माग गर्ने निर्णय गरेको हो ।

    माओवादी केन्द्र तनहुँको बुधबार दमौलीमा सम्पन्न बैठकले गठबन्धन गर्दा पचास प्रतिशत हिस्सा लिएर मात्र गठबन्धन गर्ने र त्यसका लागि सम्पूर्ण पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको व्यास नगर कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए ।

    २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको तालमेलका माओवादीले दुई प्रदेशसभा क्षेत्र लिएको थियो ।

    नेपाली कांग्रेसले आफ्नै उम्मेदवारको व्यवस्थापन गर्न नसकिरहेका बेला माओवादीको यो दावीले तनहुँको राजनीति थप पेचिलो बनेको छ ।