सिमरामा आँखा अस्पताल बन्ने, पूर्वमन्त्री श्रेष्ठद्वारा शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिमरामा आँखा अस्पताल बन्ने, पूर्वमन्त्री श्रेष्ठद्वारा शिलान्यास

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७९, सोमबार

    काठमाडाै । बाराकाे सिमरामा आँखा अस्पताल निर्माण हुने भएकाे छ । त्रिपुरेश्वर आँखा अस्पतालकाे शाखा कार्यालय सिमरामा विस्तार हुन लागेकाे हाे ।

    सिमरा उपमहानगरपालिका-४ औराहामा निर्माण हुने अस्पतालकाे साेमबार पूर्व श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरेका छन् ।

    उक्त अस्पताल ६ कराेड लागतमा निर्माण हुन लागेकाे हाे ।

    त्रिपुरेश्वर आँखा अस्पतालका कार्यकारी अध्यक्ष दमनबहादुर घलेले तराई, मध्यपहाडी र हिमाली क्षेत्रमा त्रिपुरेश्वर आँखा अस्पताल काठमाडौको शाखा कार्यालयहरु खोल्ने योजना अन्तर्गत बाराको जीतपुर सिमरा,४ स्थित औराहाबाट शुरु गरिएको बताए । औराहा स्थित आँखा अस्पतालले भाडाको घरबाट २ वर्षदेखि सेवा दिदै आएको छ । 

    अस्पतालले आँखा सम्बन्धि मोतियाविन्दु वा अन्य जटिल समस्या भएमा हरेक महिनाको एक पटक डाक्टरहरुको टोली ल्याएर आँखाको शल्यक्रिया गर्ने गर्दछ । त्रिपुरेश्वर आँखा अस्पतालका कार्यकारी प्रमुख घले भने आँखा अस्पतालको आफ्नै भवन निमार्ण भएपछि आधुनिक उपकरण सहितको विशेषज्ञ डाक्टरहरुको व्यवस्था गरिने बताउँछन्  ।