तनहुँका सरकारी अस्पतालमा विद्यार्थीलाई टिकटमा पचास प्रतिशत छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका सरकारी अस्पतालमा विद्यार्थीलाई टिकटमा पचास प्रतिशत छुट

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७९, सोमबार

    दमाैली । तनहुँका सरकारी अस्पतालमा विद्यार्थीले टिकटमा पचास प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको असोज ९ गतेको निर्णय अनुसार सबै सरकारी अस्पतालमा विद्यार्थीले अ‍ोपिडी टिकट शुल्कमा पचास प्रतिशत सहुलियत पाउने भएका हुन् ।

    अस्पतालमा उपचार गर्न जाने विद्यार्थीलाई परिचयपत्रको आधारमा ओपिडी टिकट शुल्मा पचास प्रतिशत छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको निर्णय अनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल, बन्दीपुर अस्पताल लगायतका सरकारी अस्पतालमा विद्यार्थीले टिकटमा छुट पाउने भएका छन् ।

    अखिल क्रान्तिकारी गण्डकीका अध्यक्ष सुदिन पौडेलले आफूहरुले उठाउँदै आएको माग सम्बोधन भएको बताए । “सरकारको निर्णय स्वागतयोग्य छ,” उनले भने ।