


म्याग्दे । म्याग्दे गाउँपालिकाले डेंगुबाट बच्न गाउँपालिकावासीलाई आग्रह गरेको छ । गाउँपालिकाले बिहीबार सूचना जारी डेंगुबाट बच्न आग्रह गरेको हो ।
म्याग्दे गाउँपालिका लगायत देशका विभिन्न स्थानहरुमा डेंगु रोगका बिरामी देखा परेकाले यसबाट बच्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
