एकल महिला र अपाङ्गता भएकालाई खाद्यान्न सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एकल महिला र अपाङ्गता भएकालाई खाद्यान्न सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७९, मंगलवार

    दमाैली । व्यास नगरपालिका–११ निवासी भानुभक्त सोतीको सक्रियतामा एकल महिला र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । दशैंका बेला केही राहत होस् भन्ने उद्देश्यसहित वडाका सात परिवारलाई मङ्गलबार खाद्यान्न सहयोग गरिएको हो ।

    व्यास–११ शेराका आर्थिक रुपले विपन्न एकल महिला र अपाङ्गता भएका परिवारलाई छनोट गरी खाद्यान्न सहयोग गरिएको उनले बताए । “पहिलो चरणमा जति सक्यौ त्यति सहयोग ग¥यौ, कोही छु्ट्नु भएको भए फेरि अर्कोपल्ट सहयोग गर्छौ,” उनले भने ।

    २० किलो चामल, एक क्रेट अण्डा, जम्बो कोक, चार पोका तोरीको तेल, तीन किलो चिउरा, छ सय ५० ग्राम आलु र नगद रु सातसयका दरले प्रति परिवारलाई सहयोग गरिएको छ ।

    यसका लागि सन्तोष कैनी, कौशिला पौडेल नेपाल÷सुनिल नेपाल, अमृत पन्थी, विशाल अधिकारी, श्रवण कट्टेल, अमर पन्थी, दिलबहादुर दरै, रमेश आचार्य, सुरज श्रेष्ठ, भरत पराजुली, सुमन पौडेल लगायतले खाद्यान्न तथा नगद सहयोग गरेका थिए ।