बार्सिलोना ८ सय ३६ दिनपछि शीर्षस्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोना ८ सय ३६ दिनपछि शीर्षस्थानमा

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७९, मंगलवार

    एजेन्सी । क्याटलान क्लब बार्सिलोना लामो समयको प्रतीक्षा र मिहिनेतपछि अन्तत: स्पेनिस ला लिगाको शीर्षस्थानमा पुगेको छ । साविक विजेता रियल म्याड्रिडसँग बराबर अंकमा भएपनि बार्सिलोना गोल अन्तरको आधारमा शीर्षस्थानमा रहेको हो ।

    दुवै रियल म्याड्रिड र बार्सिलोनाको १९ अंक रहेको छ । यसपटक ट्रान्सफर बजारमा खुलेर खर्च गरेको बार्सिलोनाले आक्रमणलाई बलियो बनाएको थियो । त्यसैको फलस्वरूप टोलीले +१८ को गोलअन्तर बनाएको छ । रियल म्याड्रिडले भने +११ गोल अन्तरसहित दोस्रो स्थानमा छ ।

    बार्सिलोना ८ सय ३६ दिन अर्थात २ वर्ष, ३ महिना र १३ दिनपछि लिगको अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । पछिल्लो पटक बार्सिलोना शीर्षस्थानमा रहँदा टोलीको प्रशिक्षक किके सेटिएन रहेका थिए । सन् २०१९/२० सिजनको २९ औं खेलपछि टोली शीर्षस्थानमा थियो ।

    प्रशिक्षक रोनाल्ड कोम्यान नेतृत्वमा रहँदा बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लन सकेन । डच प्रशिक्षकको प्रस्थानपछि भने क्लब पूर्व खेलाडी जाभी हर्नान्डेजलाई अनुबन्ध गर्यो । त्यसयता भने टोलीले निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ ।

    रियल र बार्सिलोना अबको दुई सातामा एल क्लासिकोमा आमने सामने हुँदैछन् । यस्तोमा अर्को साता रियल गेटाफेको घरमा जाँदैछ । सेल्टा भिगोले क्याम्प नोउमा बार्सिलोनासँग खेल्नेछ ।