कांग्रेस व्यास नगर कोषाध्यक्ष पौडेलद्वारा राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस व्यास नगर कोषाध्यक्ष पौडेलद्वारा राजिनामा

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७९, शनिबार

    दमौली । नेपाली कांग्रेस व्यास नगर समिति नगेन्द्र पौडेलले राजिनामा दिएका छन् । पार्टीमा तानाशाही प्रवृत्ति मौलाएको भन्दै पौडेलले शनिबार राजिनामा दिएका हुन् ।

    पौडेलले नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाललाई राजिनामा बुझाएका छन् ।

    कांग्रेस आफ्नो आदर्श अनुसार नचलेको, तानाशाह प्रवृत्ति मौलाएको, विवेकहीन नेतृत्व, कार्यकर्तालाई दास बनाउने चरम नेतृत्व रहुन्जेल आफू पार्टीको साधारण सदस्य समेत नरहने पौडेलले बताए ।

    पौडेलले मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता दिने बताएका छन् ।

    नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलका छोरा रहेका पौडेलले राजिनामा दिएपछि कांग्रेस वृत्तमा हलचल आएको छ ।