तनहुँ-१ मा उम्मेदवारी दिने भट्टराईको तयारी, तयारीका लागि अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ मा उम्मेदवारी दिने भट्टराईको तयारी, तयारीका लागि अपिल

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७९, शनिबार

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ-१ बाट उम्मेदवारी दिने भन्दै तयारीका लागि आफू निकट कार्यकर्तालाई अपिल गरेका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत् भट्टराईले तनहुँ-१ का मतदातामाझ आफूलाई प्रस्तुत गर्ने बताएका हुन् ।

    उनले भनेका छन्, ‘पार्टीको टिकटको पछि लाग्नुभन्दा तनहुँ क्षेत्र नम्बर १ का मतदाता माझ आफूलाई प्रस्तुत गर्नु नै उत्तम विकल्प हो भन्ने ठानेको छु। यसतै लागि सबै साथीहरुलाई तयार रहन अनुरोध गर्दछु ।’