आचारसंहिता पालना गर्ने प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आचारसंहिता पालना गर्ने प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७९, शनिबार

    दमाैली । जिल्लाका राजनीतिक दलहरुले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    नेकपा एमालेका उपसचिव प्रदीपराज अधिकारी, नेपाली काङ्ग्रेसका सचिव लक्ष्मीभक्त खनाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष श्रीराम कार्की लगायतले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आफूहरुको पार्टीबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    सोक्रममा वरिष्ठ अधिवक्ता परशुराम गिरी, अधिवक्ता ऋषिराम पोख्रेल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष ओमकार आचार्य, नियोककी संयोजक सोनी शर्मा लगायतले निर्वाचन आचारसंहिताका विषयमा धारणा राखेका थिए ।

    मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले निर्वाचनलाई सम्पन्न गर्नु सबै सरोकारवालाको दायित्व भएको बताए ।

    जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले मनोनयन दर्ताको क्रमलाई मर्यादित बनाइने बताउँदै उम्मेदवारी दर्ताका क्रममा गर्नुपर्ने काम, निर्वाचन आचारसंहिता लगायतका विषयमा जानकारी गराएका थिए ।