तनहुँ १ : एमालेका तीन बहादुरले दिए उम्मेद्वारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ : एमालेका तीन बहादुरले दिए उम्मेद्वारी

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७९, आईतवार

    दुलेगौँडा : तनहुँ १ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेको तर्फबाट एकबहादुर रानाको उम्मेद्वारी दर्ता भएको छ । १ (क) मा रामबहादुर गुरुङ र १ (ख) मा पुर्णबहादुर गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । दिउँसो ३ बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा उनीहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।


    एकबहादुर एमालेको केन्द्रिय सल्लाहाकार परिषद्का सदस्य हुन् । उनी केपी ओली नेतृत्वको सरकारमा भूमि आयोगको केन्द्रिय सदस्य भएका थिए ।

    व्यवसायीक पृष्ठभूमीका गुरुङले अघिल्लो पटक पनि तनहुँ १ (क) बाम गठबन्धनका तर्फबाट उम्मेद्वार भएर विजयी भएका हुन् ।

    १(ख) मा एमालेबाट उम्मेद्वारी दिएका पुर्णबहादुर गत साता मात्रै कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् । कांग्रेसका महासमिति सदस्य उनले पार्टीले टिकट नदिने संकेत पाएपछि पार्टी परित्याग गर्दै बालकोट पुगेर एमाले प्रवेश गरेका थिए ।

    तनहुँ १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेद्वारी दिदैछन् । १ (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र १ (ख) मा माओवादी केन्द्रका हरिबहादुर चुमानको उम्मेद्वारी दिदैछन् ।