तनहुँ-२ मा किरण गुरुङ बलियो उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-२ मा किरण गुरुङ बलियो उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७९, सोमबार

    दमौली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ प्रदेश छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा तनहुँ-२ प्रदेश २ बाट विजयी भएका गुरुङ यसपटक तनहुँ-२ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका हुन् ।

    स्वच्छ, सुखी र समृद्ध तनहुँका लागि आफ्नो उम्मेदवारी रहेको गुरुङले बताए । राष्ट्रिय स्वाभिमान, संविधान कार्यान्वयनका निम्ति एमालेले खेलेको भूमिकाका कारण तनहुँमा एमालेको जित निश्चित रहेको उनले बताए ।

    सत्तारुढ दलले गठबन्धन गरेर उम्मेदवारी दिएपन् तनहुँ-२ मा गुरुङ बलिया उम्मेदवार हुन् । गण्डकी प्रदेशको अर्थमन्त्री हुँदा तनहुँ-२ मा गुरुङले गरेको विकास निर्माणको कामले उनलाई लोकप्रिय बनाएको छ। फरक पार्टीका कार्यकर्ताले पनि गुरुङले गरेको विकासको कामको प्रशंसा गर्ने गरेका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ-१ का वासिन्दा भएको र रामचन्द्र पौडेलले आफूलाई चुनाव जित्न सहज बनाउन भण्डारीलाई तनहुँ-२ मा पठाएका हुन् । अघिल्लो निर्वाचनमा पनि तनहुँ-२ मा उम्मेदवार बनेका भण्डारी एमालेका केदार सिग्देलसँग पराजित भएका थिए । भिमाद-९ का स्थायी बासिन्दा गुरुङसँग निर्वाचन लड्न भण्डारीलाई कठिन हुने बताइन्छ ।