


दमौली । राप्रपा तनहुँका उम्मेदवारले हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार अन्त्यका लागि उम्मेदवारी दिएको बताएका छन् । राप्रपाबाट तनहुँमा ६ जनाको उम्मेदवारी परेको छ ।
राप्रपा तनहुँ-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद घर्तीले राजसंस्था र हिन्दुराष्ट्र आफूहरुको मुख्य एजेण्डा रहेको बताए ।
देशमा सुशासन कायम गराउने आफूहरुको एजेण्डा रहेको उनको भनाई थियो ।
राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवारी दर्ता भएको छ ।
तनहुँ-२ को प्रतिनिधिसभा सदस्यमा मे. नरेन्द्रप्रताप महत, प्रदेश १ मा रेशमराज अधिकारी र प्रदेश २ मा श्यामकला राईको उम्मेदवारी परेको छ ।