खैरेनीटारमा काङ्ग्रेसकाे निर्वाचन सम्पर्क कार्यालय उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    खैरेनीटारमा काङ्ग्रेसकाे निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७९, मंगलवार

    दुलेगाैडा । मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाली काङ्ग्रेसले क्षेत्र नम्बर २ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेकाे छ । शुक्लागण्डकी नगरपालिका-६ स्थित खैरेनीटारमा मङ्गलबार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।

    उक्त कार्यालयकाे नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर भण्डारीले उद्घाटन गरे । साे क्रममा भण्डारीले जनताकाे विश्वास लिएर निर्वाचन जित्ने बताए । तनहुँ क्षेत्र नम्बर २ काे विकासका लागि आफू सधैँ क्रियाशील रहेकाे उनकाे भनाई थियाे ।

    कार्यक्रममा तनहुँ प्रदेश १ का उम्मेदवार राजेन्द्रकेशरी न्याैपाने, २ का उम्मेदवार जीतप्रकाश आले, नेकपा माओवादीका केन्द्रीय सदस्य आशा काेइराला लगायतले गठबन्धनका उम्मेदवार विजयी हुने दावी गरे ।