दुलेगाैडा । नेकपा एमाले तनहुँ प्रतिनिधि सभा क्षेत्र नं २ निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले जिल्ला सचिव राजेश्वर ढकालको संयोजकत्वमा १ हजार ५ सय १ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
खैरेनीटारमा मङ्गलबार सम्पन्न बैठकले सह–संयोजक खिम बहादुर कुमाल र सचिब मेख बहादुर थापा रहने गरि निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
बैठकले पोलिटब्युरो सदस्य टुकराज सिग्देल संयोजकत्वमा १९ सदस्यीय प्रचार प्रसार तथा सुपरिवेक्षण कमिटी गठन गरेको छ । सो कमिटीमा केन्द्रीय सदस्य सबिता रसाइली सह–संयोजक र यस क्षेत्रका केन्द्रीय सल्लाहकार सदस्य शान्ति खनाल, शेषमणि आचार्य, दधिराज सुवेदी, बिश्वबन्धु भण्डारी, प्रदेश सचिवालय सदस्यहरु नारायण खनाल, श्रीप्रसाद श्रेष्ठ रामचन्द्र उपध्याय, होम थापा, दुर्गा पराजुली, बिष्णुभक्त सिग्देल, कृष्णकुमारी श्रेष्ठ, प्रदेश सदस्यहरु धर्म खनाल, कमल ढकाल, रुद्रप्रसाद पौडेल, सुरज गुरुङ, हर्क गुरुङ र नरेन्द्र वाग्ले रहेका छन् ।
साथै मेख बहादुर थापा संयोजक रहने गरि रन बहादुर राना, आनन्द सुन्दर श्रेष्ठ, हरि बहादुर थापा, मुक्ति तिमिल्सिना र चतुर्भुज सुवेदी रहने गरि आर्थिक परिचालन कमिटी, दधिराज सुवेदी संयोजक रहने गरी, श्रीप्रसाद श्रेष्ठ रामचन्द उपाध्याय र गन्जसिङ गुरुङ सदस्य रहने गरि प्रतिबद्धता पत्र लेखन कमिटी गठन गरिएको जिल्ला उपसचिव खिम बहादुर कुमालले जानकारी दिए ।
खिम बहादुर कुमालको संयोजकत्वमा र सदस्यहरु रघुनाथ पौडेल र बिमल जिसि रहने गरी कार्यालय ब्यबस्थापन तथा प्रचार प्रकाशन कमिटी र संयोजक मेख बहादुर थापाको संयोजत्कत्वमा युवा परिचालन कमिटी गठन गरिएको पार्टीले जनाएको छ । समिति सदस्यहरु देवान गुरुङ उज्ज्वल खनाल ईश्वर श्रेष्ठ र तिर्थराज खनाल रहेका छन् ।