दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले निर्वाचन क्षेत्रमा मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रहेका गुरुङले निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै मङ्सिर ४ गते हुने निर्वाचनका लागि आफूलाई विजयी गराउन आग्रह गरेका छन् ।
गुरुङले तनहुँ क्षेत्र नम्बर २ मा एमालेकाे नेतृत्वमा धेरै विकास निर्माणका काम भएकाे र त्यसलाई निरन्तरता दिनका लागि एमालेकाे विजय आवश्यक रहेकाे बताए । सुखी नेपाली, समृद्ध नेपाल बनाउने एमालेकाे अभियानमा जनताकाे साथ प्राप्त हुने गुरुङले बताए ।
साे क्रममा मतदाताले तनहुँमा एमालेकाे नेतृत्वमा विकासले फड्काे मारेकाे भन्दै फेरि पनि एमालेलाई जिताउने बताए ।