दमौली । मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा तनहुँका उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । निर्वाचन आयोगले निर्वाचन हुनु १७ दिन अगाडीबाट मात्रै आमसभा, कोणसभा गर्न अनुमति दिएकाले उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् ।
मतदाताका बीचमा पुगेर उम्मेदवारहरु आफ्नै एजेण्डा सुनाइरहेका छन् ।