मोटरसाइकलमा सवार महिलाको सल बेरिएर हात चुँडियो, उपचारका लागि काठमाडाै लगियाे (फोटाे/भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    मोटरसाइकलमा सवार महिलाको सल बेरिएर हात चुँडियो, उपचारका लागि काठमाडाै लगियाे (फोटाे/भिडिओ)

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७९, शनिबार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकलमा सवार एक महिलाको सल बेरिएर हात चुँडिएको छ । व्यास नगरपालिका-५ पाटनबाट शनिबार झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको हात चुँडिएको हो ।

    दिदीको छोरासँग बाइकमा आउँदै गरेकी थापाको बॉया हात कुहिनो भन्दा तलबाट चुँडिएको प्रहरीले जनाएको छ । बाइकमा सवार घाइते थापाकी छोरी र चालक सकुशल छन्। बाइकमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन् ।

    घाइते थापालाई तत्कालै दमौली अस्पताल ल्याएर उपचार गरिएको छ । थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौ लगिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । समयमै उपचार गर्न सकिए हात जोड्न सकिने चिकित्सकले जनाएका छन् ।