दमाैली । तनहुँकाे ऋषिङ गाउँपालिका-१ झापुटारमा माेटरसाइकलमा सल बेरिएर हात चुँडेकी रेनु थापाकाे हात नजाेडिने भएकाे छ ।
शनिबार बिहान माेटरसाइकलकाे पाङ्ग्रामा सल बेरिएर बायाँ हात चुँडिएकी थापाकाे हात नजाेडिने भएकाे हाे ।
चुडिएको हातमा फोहोर लागेका कारण जोड्न नसकिएको उनका आफन्तले जनाएका छन् । थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडाै लगिएकाे थियाे ।