तनहुँ-२ मा गुरुङको पहलमा दर्जनौं गौरवका योजना सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-२ मा गुरुङको पहलमा दर्जनौं गौरवका योजना सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७९, आईतवार

    दमौली । प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदबार किरण गुरुङले तनहुँमा रोजगारीको अवसर सिर्जना गर्न आफुले उम्मेदबारी दिएको बताएका छन् । ‘समृद्ध नेपाल र सुखी जनता’को मूल उद्देश्य, लक्ष्य, नीति र कार्यक्रम सफल पार्न परिकल्पना गरिएको सामाजिक तथा आर्थिक रुपान्तरणसहित लोकतन्त्रका मूल्य र
    मान्यतालाई स्थापित गर्न आफु चुनाबी मैदानमा आएको गुरुङले बताएका छन् ।

    उनले सम्भावित उत्पादन क्षेत्रमा उत्पादनशील क्षमता वृद्धि गर्दै उत्पादनमुखी युवा लक्षित कार्यक्रममार्फत स्वरोजगारीका अवसरहरूको सिर्जना गर्ने तथा हरेक जनताको घर आँगनमा पुगी जनताकै स्वशासनलाई प्रत्याभूत गराई सुशासनमार्फत मुलुकमा दीगो शान्ति, राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतन्त्रलाई सार्थक
    बनाउने बताएका छन् ।

    युवाहरूको ज्ञान, जोस, जाँगर र उत्साहलाई आर्थिक समृद्धिको ऊर्जामा परिणत गरी यही माटोमा रोजगारीका अवसरहरू सिर्जना गर्दै ’समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्ने आफ्नो लक्ष्य रहेको गुरुङको भनाई छ । यस अघि गन्डकी प्रदेशको अर्थमन्त्री र त्यस अघिपनि २ पटक सांसद बन्दा गुरुङले उक्त क्षेत्र मात्र नभई समग्र तनहुँकोविकासको लागि अर्वौ रुपैयाँ बिनियोजन गराएका थिए ।

    विशेष गरि अर्थमन्त्री हुँदा गुरुङले तनहुँ क्षेत्र नम्बर २ मा बजेटको बाढी
    नै ल्याएका थिए । सोही कारण पनि क्षेत्र नम्बर २ का एमालेका मात्र नभई सबै दलका कार्यकर्ताहरु गुरुङलाई विश्वास गर्छन् ।
    गुरुङकै पहलमा तनहुँ जिल्लाभित्र प्रदेश गौरबका दर्जनौ योजनाहरु सन्चालन भएका थिए ।

    गण्डकी प्रदेशको गौरवको रुपमा रहेको मानपुर–डेढगाउँ जोड्ने
    राजमार्ग, देवघाट देखी मुक्तिनाथ जोड्ने शालिग्राम करिडोर, भिमाददेखी
    किहुँ हुँदै कालीगन्डकी (पाल्पाको रामपुर) जोड्ने भिमकाली मार्ग, भिमादबाट गजरकोट जोड्ने हुँदै स्याङजा जोड्ने कृष्णमार्ग, भिमादबाट भानुमती हुँदै स्याङजा जोड्ने भिमभैरव मार्गमा कालोपत्रे गरिएको छ ।

    भिमादबाट रिसिङपाटन जाने सडक कालोपत्रे सम्पन्न, दमौलीबाट ऋषिङको झापुटार जोड्ने सेती नदीमा मोटरेवलपुलको निर्माण,
    झापुटारबाट काहुँशिवपुर जोड्ने सडकमा कालोपत्रे सुरु, दुलेगौडाबाट थप्रेक जाने सडकमा कालोपत्रे, शुक्लागन्डकीको साँखे जाने सडक कालोपत्रे लगायतका दर्जनौं गौरवका योजनाहरु सन्चालन भईरहेका छन् ।

    त्यसैगरि हरेक पालिका र वडाको केन्द्र जोड्ने मोटरेबल सडक निर्माण तथा कालोपत्रे कार्यक्रम, हरेक पालिका र वडामा एक पालिका एक खेलमैदान कार्यक्रम, हरेक पालिकामा २५ शैयाको अस्पताल निर्माण कार्यक्रम, हरेक पालिकामा एक नमुना आदर्श विद्यालय स्थापना
    कार्यक्रम, हरेक पालिकामा एक मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ
    कार्यक्रम, हरेक पालिकामा पर्यटन स्थल निर्माण कार्यक्रम गुरुङको पहलमा सन्चालन भएका थिए ।

    गुरुङ अर्थमन्त्री हुँदा एक पालिका एक औद्योगिक ग्राम निर्माण
    कार्यक्रम, एक पालिका एक शित भन्डार र एक पालिका एक कृषि बजार निर्माण कार्यक्रम, हरेक गाउँ बस्तीमा आधारभुत खानेपानी कार्यक्रम, ग्रामिण क्षेत्रमा एक घर एक खानेपानी धारा कार्यक्रम, लिफ्टिङ डिप बोरिङ खानेपानी कार्यक्रम, डिप बोरिङ सिचांई कार्यक्रम, होमस्टे तथा घरवास निर्माण तथा विकास कार्यक्रम, विद्यालय पुर्वाधार विकास कार्यक्रम, उज्यालो प्रदेश कार्यक्रम, काठेपोल विस्थापन
    तथा स्टिल पोल कार्यक्रम, दुर्गम क्षेत्रमा सोलार वत्ती जडान कार्यक्रम, सामुदायीक भवन निर्माण, मठ, मन्दिर, गुम्बा, मस्जिद निर्माण तथा धार्मिक र ऐतिहाँसिक स्थल संरक्षण कार्यक्रम, फाँट तथा टार कृषि सिंचाई कार्यक्रम, कृषि पकेट क्षेत्र घोषणा कार्यक्रम, जग्गा चक्लाबन्दी कृषि कार्यक्रम, भिमाद र शुक्लागन्डकीलाई पोखराको स्याटलाईट सिटीको रुपमा विकास गर्ने कार्यक्रम प्रस्ताव, विपन्न बर्गको लागि जनता आवास कार्यक्रम, कोभिड–१९ को कारण थला परेका उद्योग व्यवसायलाई पुनरोत्थानका लागि पुनर्जिवन कोष स्थापना तथा
    सन्चालन भएका थिए ।

    गुरुङको नेतृत्वमा भएका यि कामहरुले तनहुँ जिल्लालाई मात्र नभएर समग्र गन्डकी प्रदेशलाई नै समृद्ध बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । तर एमाले नेतृत्वको प्रदेश सरकार विस्थापित भएर काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र सम्मिलित प्रदेश सरकारले पुर्ववर्ती सरकारले सन्चालन गरेका सबै योजनाको बजेट कटौती गरि प्रदेश गौरबका योजनाहरु अलपत्र पारेको थिए । गुरुङले प्रदेश सरकारमा रहँदा आफुले जे जती गर्न सकेँ त्यो महत्वपुर्ण उपलब्धी रहेको र अब संघीय सरकार मार्फत त्यो भन्दा धेरै काम गर्ने उद्देश्य रहेको बताए ।

    आफूले विभिन्न समयमा प्राप्त गरेको संसदीय जिम्मेबारीको क्रममा तनहुँ क्षेत्र नम्बर २ मा विकासको कामलाई तिब्रता दिएको र अव पनि समृद्ध तनहुँ निर्माणको लागि थप योगदान गर्ने लक्ष्य सहित प्रतिनिधि सभामा उम्मेदबारी दिएको गुरुङले बताए । आफुले गरेको कामको आधारमा तथा आफ्नो र पार्टीको लोकप्रियताको कारण गठबन्धनका उम्मेदबारलाई सहज रुपमा पराजित गर्ने गुरुङले दावी गरे ।

    (आजको लोकवाणी दैनिकबाट)