म्याग्देका उपाध्यक्षद्वारा आचारसंहिता उल्लघंन, आफ्नै पालिकामा चुनावी प्रचारमा सहभागी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    म्याग्देका उपाध्यक्षद्वारा आचारसंहिता उल्लघंन, आफ्नै पालिकामा चुनावी प्रचारमा सहभागी

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७९, सोमबार

    दमौली । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आचारसंहिता उल्लघंन गरेका छन् । आफू निर्वाचित स्थानीय तहमा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुन नपाइने भएपनि घिमिरे सोही स्थानीय तहमा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुँदै आएका छन् ।

    घिमिरे नेकपा माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेसँग म्याग्देका विभिन्न ठाउँमा मत माग्दै हिँडेका छन् । उनले म्याग्दे गाउँपालिका-६ मा न्यौपानेसँगै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत मागेका छन् ।

    निर्वाचन आचारसंहिता २०७९ को दफा ५ बमोजिम स्थानीय तहका पदाधिकारीले आफू वहाल रहेको स्थानीय तहमा प्रचारप्रसार गर्न पाउँदैनन्।