दमौली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ-२ का प्रतिनधिसभा सदस्य किरण गुरुङले मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री गुरुङले मतदाता भेटघाट गर्दै क्षेत्र नम्बर २ मा एमालेको नेतृत्वमा विकासले गति लिइरहेको र त्यसलाई निरन्तरताका लागि एमालेको विजय आवश्यक रहेको बताए। यहॉका खानेपानी, सडक, पक्की पुल लगायतमा अरबौ बजेट विनियोजन भएर काम भइरहेको गुरुङले बताए ।
गुरुङले बुधबार म्याग्दे-३ कुलेचौरमा मतदाता भेटघाट गरेका छन् । कार्यक्रममा प्रदेश १ का उम्मेदवार श्यामराजा महत, एमाले म्याग्देका अध्यक्ष बसन थापा लगायत सहभागी थिए ।