तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक बस्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक बस्दै

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार

    दमौली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाका लागि तनहुँमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ । तनहुँका दुवै क्षेत्रमा सोमबार बिहान ९ बजे सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुंवरले क्षेत्र नम्बर १ को मतगणनाका लागि ९ बजे सर्वपक्षीय बैठक आव्हान गरिएको जानकारी दिए । “सर्वपक्षीय बैठक सक्नेबित्तिकै मतगणना कार्य प्रारम्भ हुन्छ,” उनले भने ।

    तनहुँ क्षेत्र नम्बर २ मा पनि बिहान ९ बजे सर्वपक्षीय बैठक राखिएको छ । बैठक सकेर मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए ।

    राति अबेरसम्म मतपेटिका सङ्कलनको काम भएकाले बिहानबाट मात्रै मतगणना सुरु गर्ने तयारी गरिएको हो ।

    तनहुँमा ५४ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । दुई लाख ४८ हजार चार सय ९५ मतदाता रहेकामा एक लाख ३५ हजार दुई सय २६ मत खसेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

    त्यसमध्ये क्षेत्र नम्बर १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ र क्षेत्र नम्बर २ मा एक लाख २५ हजार पाँच मतदाता रहेकामा ६८ हजार दुई सय ७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।