माओवादी तनहुँ संयोजक आलेले भने – कांग्रेसबाट गम्भीर घात भयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    माओवादी तनहुँ संयोजक आलेले भने – कांग्रेसबाट गम्भीर घात भयो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेकपा माओवादी केन्द्र तनहुँका संयोजक मदन आलेले गठबन्धन दलबाट गम्भीर घात भएको बताएका छन् । तनहुँ २ को नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै आलेले अनपेक्षित पराजयले गठबन्धन सम्बद्ध दल नेपाली कांग्रेसबाट गम्भीर घात भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘प्रदेशसभा २/१ बाट गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका नेता राजेन्द्रकेशरी न्यौपानेको अनपेक्षित पराजयले गठबन्धन सम्बद्ध दलहरु विशेषगरी नेपाली कांग्रेसबाट गम्भीर घात भएको महशुस भएको छ । यसले गठबन्धनकाे राजनीतिक संस्कार र लोकतन्त्रको मूल्य मान्यतालाई थप धुमिल बानएको छ ।’