१७० सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    १७० सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त

    खबरपुञ्ज संवाददाता

    १० पुष २०७९, आईतवार

    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थन सहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

    उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् ।