सटर खाली गराएर बहुउद्धेश्यीय भवन बनाउने व्यासकाे तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सटर खाली गराएर बहुउद्धेश्यीय भवन बनाउने व्यासकाे तयारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँकाे व्यास नगरपालिकाले सफासडकमा रहेकाे आफ्नाे सटर भत्काएर बहुउद्धेश्यीय भवन बनाउने तयारी गरेकाे छ । नगरपालिकाले आफ्नाे स्वामित्वमा रहेको सफासडक मोहोडामा पर्ने मूल गेटदेखि उत्तरतर्फको भवनमा रहेका पसल कवलहरुको सटर खाली गरी नयाँ बहुउद्देश्यीय भवन निर्माण गर्न लागेकाे हाे ।

    त्यसका लागि नगरपालिकाले उक्त सटर खाली गराउन लागेकाे छ । व्यास नगरपालिका, नगर कार्यपालिकाको निर्णय अनुसार मिति २०७९ फागुन मसान्तभित्र कोठा सटर खाली गर्न सूचना जारी गरेकाे छ ।

    सफासडक मोहोडा भएका सटर नं डि १, डि २, इ २, इ ३, इ ४, इ ५, इ ६, इ ७, इ ९, इ १०, इ ११, इ १२, यु ३ र सिद्धार्थ बैंकको एटिएम समेतको व्यवब्सायीहरुले नियम बमोजिम भुक्तान गर्नुपर्ने सम्पूर्ण रकम भुक्तान गरी सटर खाली गर्न नगरपालिकाले अनुराेध गरेकाे छ । साथै नयाँ बन्ने भवनमा हाल बसिरहेको मध्ये सम्झौता नसकिएको हकमा आपसी सहमतिमा नियमानुसार भाडामा बस्न चाहेमा प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।