


दमौली । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट दुई सय ४२ लाभान्वित भएका छन् । नगरपालिकाले वडाबाटै एकीकृत सेवा दिने उद्देश्यले मंगलबार व्यास–१४ केशवटारमा आयोजना गरेको शिविरबाट दुई सय ४२ ले सेवा लिएका हुन् ।
त्यसमध्ये ९६ जना महिला र एक सय ४६ पुरुष रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । शिविरबाट ७८ महिलाले पाठेघरको स्क्रिनिङ, २३ जनाले स्तनको परीक्षण गराएका छन् । दुई सय जनाले स्वास्थ्य परीक्षण गर्नुका साथै दुई सय पाँच जनाले मधुमेह र ११ जनाले खकार परीक्षण गराएको सोतीले बताए ।